नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिँदै छन् । दिउँसो एक बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका हुन् ।
अहिले कांग्रेस, एमाले, जसपा र लोसपा मात्रै सरकारमा छन् । नागरिक उन्मुक्ति पार्टीले पनि ओलीलाई विश्वासको मत दिने बताएको छ । नाउपाका केन्द्रमा चार सांसद छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा १३८ मत चाहिन्छ । साना दलहरूलाई पनि मिसाएर ओली दुई तिहाइ बहुमत पुराउने कसरतमा छन् ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
प्रधानमन्त्री ओली नेपाली काङ्ग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्