नेपाल । तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो ।
माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा सरकार संविधानको कमजोर जगमा उभिएर बनेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए ।
प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ । दुई ठूला दल एमाले र काँग्रेससँग पूर्ण बहुमत रहेकाले ओलीले विश्वासको मत पाउने भने निश्चित त ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्