७ आश्विन २०८३, बुधबार

सत्ता पक्षको मुख्य सचेतकमा एमालेका बर्तौला नियुक्त

कोलोराडोखबर संवाददाता , July 18th, 2024

नेपाल । मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छ्न् ।

प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधबार उक्त जिम्मेवारी दिएका हुन् ।

सत्तारुढ दलबाट मुख्य सचेतक नियुक्त हुने गर्छन् । अन्य दलका प्रमुख सचेतकभन्दा सत्ता पक्षका मुख्य सचेतकको वरियता माथि हुन्छ ।

बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्