२७ माघ २०८२, मंगलवार

साउन महिना शुरु भएसँगै पशुपतिमा भक्तजनको घुईँचो

कोलोराडोखबर संवाददाता , July 16th, 2024

नेपाल । साउन महिना शुरु भएको छ । मंगलबार साउन महिना शुरु भएसँगै आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् ।

साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ ।

साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्