नेपाल । गत शुक्रबार त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रम जारी छ । यसैक्रममा चितवनको नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटिएको छ ।
यी शवहरु पहिरोमा परेर त्रिशुलीमा बेपत्ता भएका बसकै रहेको अनुमान प्रहरीले गरेको छ । अहिलेसम्म पाँच जनाको सनाखत भएको र ६ जनाको सनाखत हुन बाँकी रहेको छ ।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३-००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।
गौरतर्फ गइरहेको बसमा २७ जना र र वीरगंजबाट काठामाडौँतर्फ गइरहेको बसमा ३८ जना बेपत्ता भएका थिए । जसमा तीन जना सकुसल बचेका थिए भने ६२ जना बेपत्ता रहेका छन् । अहिलेसम्म पनि बस भेटिएको छैन ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्