नेपाल । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीन जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तीनमध्ये दुई जनाको पहिचान खुलेको छ ।
पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवा का २८ वर्षीय ऋषि पल साह छन् ।
साहको शव शनिबार बिहान ११ बजे भेटिएको हो भने माझीको शव शनिबार साँझ भेटिएको हो । माझीका बुबा रवीन्द्रकिशोर माझीले छोराको शव सनाखत गरेका छन् भने साहका दाजुले सनाखत गरेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरू काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार रहेका थिए ।
आइतबार पनि बिहान ७ बजेदेखि खोजी पुनः शुरु गरिएको छ ।
शुक्रबार काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए ।
काठमाडौँबाट गौर जान आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना सवार थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्