३ फाल्गुन २०८२, आईतवार

रास्वपाको महामन्त्रीबाट बर्खास्त भएका ढकालद्वारा पार्टी नेतृत्वको भण्डाफोर

कोलोराडोखबर संवाददाता , July 11th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएपछि डा. मुकुल ढकालले बुधबार पार्टी नेतृत्वको भण्डाफोर गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले पार्टी सभापति रवि लामिछानेमाथि विभिन्न आरोप लगाए ।

सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाइज्याक गरेर क्लबमा परिणत गरेको उनको भनाइ थियो । सभापतिमाथि नै प्रश्न उठेपछि आफू वाध्य भएर जनतामा गएको ढकालले बताए ।

सहकारी प्रकरणमा रविमाथि रास्वपाले पनि छानविन गर्नुपर्ने उनले माग गरे । उनले रविको पासपोर्टको विषयमा पनि उच्चस्तरीय छानबिन गर्नुपर्ने बताए ।

रवि लामिछानेको एलिट क्लबले पार्टी कार्यालय कब्जा गर्‍यो, त्यसैले मैले आज यहाँ आएर पत्रकार सम्मेलन गर्नुपरेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्