नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक मंगलबार बस्दैछ ।
बैठकमा महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने रास्वपाले जनाएको छ ।
महामन्त्री ढकालमाथि कारबाही गर्ने निश्चित भएपछि नयाँ महामन्त्री नियुक्तिको तयारी भएको छ ।
डा. ढकालले पार्टी स्थापनाकालदेखि महामन्त्री र प्रवक्ताको भूमिकामा थिए । तर, पार्टीले अहिले उनलाई अनुशासन उल्लंघनको आरोपमा निलम्बनमा राखेको छ ।
ढकाल निलम्बनमा परेपछि कार्यबाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई र कार्यबाहक प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्