नेपाल । सत्ता फेरबदलका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका छन् ।
नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न बालुवाटारमा पदाधिकारी बैठक बोलाइएको हो । कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भइसकेको अवस्थामा राजीनामा दिने कि विश्वासको मत लिने भन्नेबारेमा नै छलफल हुने बताइएको छ ।
दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिनु उपयुक्त हुने सुझाव केही नेताले दिएका छन् ।
उनको राजीनामा दिएमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्