३ फाल्गुन २०८२, आईतवार

एसईईको मौका परीक्षा साउन २३ गतेदेखि

कोलोराडोखबर संवाददाता , July 1st, 2024

नेपाल । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा साउन २३ गतेदेखि हुने भएको छ।

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि बोर्डले दुई विषयमा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेसँगै बोर्डले अर्को मिति तय गरेको हो ।

गत बिहीबार एसईईको नतिजा सार्वजनिक हुँदा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्