२८ माघ २०८२, बुधबार

महाधिवेशनबारे छलफल गर्न नेकपा एसको सचिवालय बैठक बस्दै

कोलोराडोखबर संवाददाता , June 27th, 2024

नेपाल । बिहीबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सचिवालय बैठक बस्ने भएको छ ।

बिहीबार दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजको टुङ्गो लगाइने छ ।

बैठकले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गर्नेछ ।

यही असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने दशौं महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्