३ फाल्गुन २०८२, आईतवार

जङ्गली च्याउ खाँदा १ जनाको मृत्यु, ४ जना बिरामी

कोलोराडोखबर संवाददाता , June 24th, 2024

नेपाल (हेटौंडा) । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नबर–७, दुगुवाङमा जङ्गली च्याउ खाएर गम्भीर बिरामी भएका दलबहादुर प्रजाको मृत्यु भएको छ ।

च्याउ खाँदा गम्भीर बिरामी भएका ५५ बर्षीय दलबहादुर प्रजाको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गम्भीर अबस्थाका बिरामी हुनेहरुमा मृतक दलबहादुरकी श्रीमती जालीमाया, उनकी छोरी रेन्जु, सविना र छोरा सुुशील छन् । उनीहरुको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्