२९ फाल्गुन २०८२, शुक्रबार

घुम्न हिडेकाहरुको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , June 13th, 2024

नेपाल । बुधबार राति पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रूपन्देहीको बुटवल फर्किँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ ।

लु २ च ८५३१ नम्बरको जीप पाल्पाको नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घटनामा स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ र तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको छ ।

पाल्पा र रूपन्देहीको नुवाकोटगढी घुम्न गएकाहरु सवार रहेको जीत दुर्घटनामा परेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्