नेपाल । अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गलत भएको नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले टिप्पणी गरेका छन् ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिका, बेलायत, भारत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
मंगलवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ महतले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले देशको हितमा काम गरिरहेका दक्ष राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताए ।
सरकारले देशका लागि नभई आफ्नो मान्छे पठाउन विभिन्न देशको राजदूत फिर्ता बोलाउने निर्णय लिएको आरोप लगाए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्