२ फाल्गुन २०८२, शनिबार

नेपाल पत्रकार महासंघको निर्वाचनको मिति तत्काल तोक्न माग

कोलोराडोखबर संवाददाता , June 9th, 2024

नेपाल । नेपाल पत्रकार महासंघको नेतृत्वले निर्वाचन रोकेर आफ्नो कार्यकाल लम्ब्याउने खोजेकोमा पत्रकारहरुका बिभिन्न संगठनहरुले गम्भीर आपत्ति जनाएका छन् ।

आफू आवद्ध संगठनको निर्देशनमा सदस्यता विवादलाई बहाना बनाएर पत्रकार महासंघले निर्वाचनलाई अन्योलतर्फ धकेलेको भन्दै ती संगठनहरुले आपत्ति जनाएका हुन ।

प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, जनपत्रकार संगठन, क्रान्तिकारी प्रेस संगठन र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गर्दै महासंघको निर्वाचन मिति तोकेर समयमे निर्वाचन सम्पन्न गरी वैधानिकता जोगाउन ४ बुँदे बटमलाइन पनि सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्