३ फाल्गुन २०८२, आईतवार

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्त गर्न आदेश

कोलोराडोखबर संवाददाता , May 28th, 2024

नेपाल । सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ ।

साथै सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए । जबकी संविधान अनुसार ३१ प्रदेशसभा सदस्यले समर्थन गर्नुपर्ने थियो ।

सभामुख प्रयोग भएर नेकपा एमालेका खगराजलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए ।

प्रतिक्रिया दिनुहोस्