२६ माघ २०८२, सोमबार

संसदीय छानबीन समितिको कार्यादेशबारे अझै जुटेन सहमति

कोलोराडोखबर संवाददाता , May 24th, 2024

नेपाल । संसदीय छानबीन समितिको कार्यादेश के के हुने भन्ने विषयमा अझै सहमति बनेको छैन ।

यसैक्रममा सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक बिहीबार पनि निष्कर्षविहीन टुंगिएको छ।

सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा ठोस सहमति जुट्न नसकेको हो।

संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो मागबाट पछि हटेको छैन भने सत्तारुढ दलहरुले गृहमन्त्रीको नाम नलेखि सहकारीको नामसम्म लेख्न सकिने प्रस्ताव गरे पनि बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो ।

शुक्रवार विहान ११ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । सो बैठकअगाडि कार्यदलको बैठक बसेर सहमतिको प्रयास गर्ने नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्