२९ बैशाख २०८१, शनिबार

इलाम २ र बझाङ १ (१) को मतगणना आज सुरु हुँदै

कोलोराडोखबर संवाददाता , April 28th, 2024

नेपाल । शनिबार सम्पन्न इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु हुँदैछ । दुबै क्षेत्रमा शनिबार शान्तिपूर्ण रुपमा उपनिर्वाचन भएको हो ।

इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरे ।

बझाङको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्