२३ बैशाख २०८१, आईतवार

प्रचण्डलाई सत्ता गठबन्धन कसरी जोगाउने भन्ने चिन्ता

कोलोराडोखबर संवाददाता , April 24th, 2024

नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वर्तमान सत्ता गठबन्धन कसरी जोगाउने भन्ने चिन्ताले सताउने थालेको छ । यसैक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायत प्रदेशमा सरकार विस्तारको विषयमा छलफल भएको थियो ।

गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले असन्तुष्टी व्यक्त गरिरहँदा ओली र दाहालबीच भेट भएको र
यही गठबन्धनलाई जोगाएर अगाडि बढ्ने निश्कर्ष निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्