२३ कार्तिक २०८१, शुक्रबार

इलाम २ मा नेम्वाङ, खड्का र लिम्बुसहित २० जनाको उम्मेदवारी

कोलोराडोखबर संवाददाता , April 7th, 2024

नेपाल । इलाम–२ मा आगामी बैशाख १५ मा हसने उपनिर्वाचनका लागि शनिबार २० जनाले मनोनयन दर्ता गराएका छन् । विभिन्न दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिनेमा इलाम नगरपालिका ११ का केशवकुमार चापागाई, इलाम नगरपालिका ७ का डाकप्रसाद गौतम, फाकफोकथुम गाउँपालिका १ का दिपेश बोहरा र फाकफोकथुम ३ इलामका डकेन्द्रसिं लिम्बु (थेगिम) रहेका छन् ।

त्यस्तै अछामका अर्जुनबहादुर शाही, बिर्तामोड झापाका मनोज निरौला, अर्जुनधारा झापाका योगेन्द्र गुरुङ, पोखरा कास्कीका राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैगरी बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा १५ वैशाखमै हुने उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्का रहेका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका रामबहादुर जाग्री, जनमत पार्टीकी सुशीलादेवी विष्ट, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेशनल रिपब्लिक पार्टीका कमल घर्तीमगर, नेपाली जनता दलका अशोक सुनार र राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्