नेपाल । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा रिहा भएका छन् ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनी शुक्रबार रिहा भएका हुन् ।
उनी चैत ५ गते प्रहरी कपिलवस्तुबाट पक्राउ परेका थिए । महराको चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएको थियो ।
सोही प्रकरणमा उनका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा छन् ।
प्रतिक्रिया दिनुहोस्