७ जेष्ठ २०८१, सोमबार

काठमाडौंमा नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण शुरु

कोलोराडोखबर संवाददाता , March 14th, 2024

नेपाल । काठमाडौंडमा बिहीबारदेखि नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण शुरु भएको छ।

सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले बिहीवार सुन्धाराको सिभिल मलस्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको उद्घाटन गर्नु भएको हो ।

महोत्सवमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन हुँदै छन् ।

चैत ५ गतेसम्म चल्ने महोत्सवका फिल्म छाया सेन्टर, सिभिल मल, लबिम मल र भक्तपुर भाटभटेनीका क्युएफएक्स हलमा हेर्न सकिन्छ भने सिनेमासम्बन्धी बहस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुने आयोजक जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्