७ जेष्ठ २०८१, सोमबार

अभिनेता सलोन र करिश्माको ‘प्रेग्नेन्सी फोटोसुट’

कोलोराडोखबर संवाददाता , March 14th, 2024

नेपाल । अघिल्लो वर्षको मंसिरमा लगनगाँठो कसेका अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसी पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् ।

उनीहरु आगामी बैशाखमा आमा–बुबा बन्दैछन् । चिकित्सकले बैशाख २७ गतेको डेलिभरी डेट दिएका छन् ।

यसैबीच सलोन र करिश्माको जोडीले ‘प्रेग्नेन्सी फोटोसुट’ गराएका छन् । बुधबार दुवैले आ–आफ्नो सामाजिक सञ्जालमा सेअर गरेको तस्वीरमा उनीहरु रोमान्टिक र हर्षित भावमा देखिएका छन् । करिश्मा पेशाले एयर होस्टेस हुन् भने केही म्यूजिक भिडियोमा काम पनि गरेकी छन् ।

पहिलो सन्तानको जन्मपछि उनी आफैं फिल्म ‘यूनिभर्सिटी अफ गुण्डाज्’ निर्माणको तयारीमा छन् । सहायक चरित्रमा रुचाइएका सलोन पछिल्लोपटक फिल्म ‘जय हो’मा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्