७ जेष्ठ २०८१, सोमबार

९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व

कोलोराडोखबर संवाददाता , March 12th, 2024

अमेरिका । ९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ ।

आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा अवार्ड जितेको छ ।

यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो ।

‘ओपेनहाइमर’ १३ विधामा मनोनयन भएको थियो ।

अमेरिकाको लस एन्जलस सहरमा आयोजित ‌ओस्कर पुरस्कारको नामले चिनिने उक्त समारोहमा ओपनहाइमरले उत्कृष्ट चलचित्रका साथै उत्कृष्ट निर्देशक (क्रिस्टोफर नोलन) र उत्कृष्ट अभिनेता ( किलियन मर्फी)को समेत गरी सातवटा विधामा सो पुरस्कार जितेको छ ।

प्रतिक्रिया दिनुहोस्