नेपाल । रास्वपाका वरिष्ठ नेता बालेन साहले सुदूरपश्चिमलाई समृद्ध र आत्मनिर्भर बनाउने दाबी गरेका छन् ।
बुधबार धनगढीमा रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले देश बनाउने सपना पूरा गर्ने शक्ति आफ्नो पार्टीसँग मात्र रहेको बताएका हुन् ।
उनले आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए ।
रास्वपा सरकारमा गए कांग्रेस, एमाले, माओवादीलगायत सबै दलका कार्यकर्ता र सर्वसाधारण हिँड्ने बाटो बनाइने उनले दाबी गरे ।
नेपाललाई स्वीट्जरल्याण्ड बनाउने चर्चा चल्ने गरेको उल्लेख गर्दै उनले सुदूरपश्चिममै प्राकृतिक र पर्यटकीय सम्भावनाको खानी रहेको बताए ।
सुदूरपश्चिम र काठमाडौँबीच सांस्कृतिक तथा भावनात्मक एकता आवश्यक रहेको उल्लेख गर्दै उनले सुदूरपश्चिमको पहिचान राष्ट्रिय स्तरमा स्थापित हुनुपर्ने बताए ।
सभामा उनले रास्वपा भोट माग्न नभई काम माग्न आएको दाबी गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्