८ फाल्गुन २०८२, शुक्रबार

नेता-कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन

कोलोराडोखबर संवाददाता , February 19th, 2026

नेपाल । केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित गर्दै पार्टीका उम्मेद्वार र नेता–कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नजिकिँदै जाँदा पार्टीका मूल एजेन्डा स्पष्ट रूपमा जनतासम्म पुर्याउन सक्रिय हुन आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले जनस्तरमा फैलिएका भ्रम चिर्न घर–घर पुगेर प्रत्यक्ष संवाद गर्नुपर्नेमा जोड दिए ।

सामाजिक सञ्जालमा देखिएजस्तो अन्य दलको पक्षमा जनमत नरहेको दाबी गर्दै प्रत्यक्ष भेटघाट र चुनावी कार्यक्रममा मतदाताबाट एमालेप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्