नेपाल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत जिम्मेवारी तोकेको छ । संयोजक प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले हालसम्मको समिक्षा समेत गरेको छ।
बैठकले कोशी प्रदेशमा बेदुराम भुसाल, मधेस प्रदेशमा अग्नि साप्कोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई निर्वाचन परिचालन अनुगमनको जिम्मेवारी प्रदान गरेको छ।
बैठकमा निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे रिपोटिङ गरेका थिए ।
साथै बैठकले निर्वाचनमा प्रचारप्रसारलाई प्रभावकारी बनाउनका लागि अग्नि सापकोटाको नेतृत्वमा जगन्ननाथ खतिवडा, गोविन्द आचार्य रहेको केन्द्रिय प्रचार समिति गठन गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्