२२ माघ २०८२, बिहीबार

कांग्रेसको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी

कोलोराडोखबर संवाददाता , February 5th, 2026

नेपाल । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ ।

पार्टी सभापति गगनकुमार थापाले बुधबार उहाँलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोक्नुभएको हो ।

साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिनुभएको राजीनामा स्वीकृत गर्नु भएको अर्का सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्