नेपाल । नेपाली कांग्रेस पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको एकता कायम राख्न अपिल गर्नु भएको छ ।
खड्काले सोमबार एक विज्ञप्ती जारी गर्दै पार्टी एकतामा प्रतिकुल हुने कुनै पनि गतिविधि नगर्न सबै नेता र कार्यकर्तामा अपिल गर्नु भएको हो ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु भएको अवस्थामा दोस्रो दिन कार्यवाहक सभापति खड्काले यस्तो अपिल गर्नु भएको हो ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्