१६ पुष २०८२, बुधबार

चुनावी प्रक्रियामा सहभागी हुन तयार छौं, तर सरकारले वातावरण बनाउन सकेनः ओली

कोलोराडोखबर संवाददाता , December 31st, 2025

नेपाल । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रक्रियामा सहभागी हुन आफूहरु तयार भए पनि सरकारले वातावरण बनाउन अझै नसकेको बताउनुभएको छ ।

चुनावको वातावरण नबने विघटित संसद पुनःस्थापना हुने उहाँको भनाइ छ ।

मदन–आश्रित स्मृति प्रतिष्ठानले एघारौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा मंगलबार काठमाडौँमा आयोजना गरिएको ‘महाधिवेशनका सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठिमा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

उहाँले असंवैधानिक ढङ्गले प्रतिनिधिसभा विघटन गरिएकाले त्यसको पुनःस्थापना आवश्यक रहेको उहाँले बताउनुभयो ।

मुलुकलाई प्रतिगमनमा लैजाने षडयन्त्र भए पनि एमाले र काँग्रेसजस्ता राजनीतिक शक्ति मुलुकमा रहुन्जेल लोकतन्त्रमा आँच आउन नदिइने उहाँले बताउनुभयो । देशको लोकतन्त्र, नीति, विधि, संविधान र राष्ट्रिय स्वाभिमानको मुद्दामा काँग्रेस र एमालेबिच सहकार्य हुने उहाँले बताउनुभयो ।

उहाँले एमालेको सम्पन्न ११ औं महाधिवेशनले नेतृत्वको लोकप्रियता र अलोकप्रियताका सम्बन्धमा व्यावहारिक जवाफ दिएको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्