११ पुष २०८२, शुक्रबार

जेन-जीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्छन्ः प्रधानमन्त्री कार्की

कोलोराडोखबर संवाददाता , December 26th, 2025

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छन ।

बिहिबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताएकी हुन ।

अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी दोहोर्‍याउँदै उनले राजनीतिक दल र जेन—जीका समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको गुनासो गरिन् ।

सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले आफूहरू अहिले धैर्यधारण गरेर सबै कुरा सहेर बसेको पनि बताएकी छन ।

प्रतिक्रिया दिनुहोस्