८ पुष २०८२, मंगलवार

ओली र देउवाबीच संसद पुनस्थापना, आगामी चुनाव र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल

कोलोराडोखबर संवाददाता , December 23rd, 2025

नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् ।

एमालेको ११ औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन् ।

अध्यक्ष ओली र सभापति देउवाबीच संसद पुनस्थापना, आगामी चुनाव र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्