६ पुष २०८२, आईतवार

निर्वाचन सारिए सडक संघर्षमा जाने प्रचण्डको चेतावनी

कोलोराडोखबर संवाददाता , December 21st, 2025

नेपाल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको मिति सार्ने दुःशाहस नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

शनिवार काठमाडौँमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले तोकिएको मितिमा निर्वाचन गराउने कामलाई सरकारले कुनै पनि तर्क र बहानामा सार्ने काम गरे सह्य नहुने चेतावनी दिएका हुन् ।

संयोजक दाहालले मुलुकमा सहज ढंगले समयमै निर्वाचन होस् भन्ने आफ्नो पार्टीले चाहेको र पछि धकेल्ने काम सरकारले गरे त्यसको विरुद्ध आफूहरू सडक संघर्षमा जाने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्