नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको छ ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा बिहीबार बिहान मतदान सम्पन्न भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ३६ जना मतदानमा अनुस्थित भए । महाधिवेशनमा २२६३ प्रतिनिधि मतदाता थिए ।
उहाँले मतगणना अहिले बिहान ८ बजेदेखि सुरु गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको थियो । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो ।
मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो ।
केपी ओली र इश्वर पोखरेल प्यानलसहित चुनाबी मैदानमा छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्