नेपाल । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
शुक्रबार प्रतितोला दुई लाख ५६ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपियाँ बढेर दुई लाख ५८ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
यसअघि ३१ असोजमा सुन प्रतितोला दुई लाख ५८ हजार पुगेको थियो । आइतबार त्यो पुरानो रेकर्ड पनि तोडेर नयाँ रेकर्ड कायम गरेको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य चार हजार तीन सय अमेरिकी डलर पुगेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्