नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बुधबार चितवन पुगे, त्यहाँ उनले पार्टीका आम कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु जरुरी रहेको बताए ।
नेपाली कांग्रेस रत्ननगर नगरकमिटीले बृहत् वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको थियो, थापा त्यही कर्यक्रममा सहभागी भएका हुन् ।
पार्टी भनेको घर हो । घरभित्रका सदस्यको भावनालाई बुझेर निर्णय लिनसक्नु अभिभावकको जिम्मेवारी हो–उनले भने ।
पार्टीभित्र गुटको पछि नलागी आम मतदाता र कार्यकर्ताको भावनाअनुसार पार्टी सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्