नेपाल । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसक्दा अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउने भएको छ ।
निमगले त्यस्तो अवस्थामा हाल भारतको विमानस्थललाई आधार गरी उडान परिवर्तन गर्ने गरेको थियो । नयाँ व्यवस्था मङ्सिर ३ गतेदेखि लागु हुने जनाइएको छ ।
यसरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउँदा उल्लेखनीय खर्च कटौती भई समयको बचत हुने विश्वास निगमले लिएको छ । यसका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत वैकल्पिक विमानस्थल बनाई प्रयोग गर्नका लागि आवश्यक अध्ययनको प्रक्रिया थालनी गर्ने निर्णय पनि निगमले गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्