१८ कार्तिक २०८२, मंगलवार

नेपाल प्रहरीका ५ जना डीआईजीमा बढुवा

कोलोराडोखबर संवाददाता , November 4th, 2025

नेपाल । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका छन् । बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरिएको हो ।

गृह मन्त्रालयका अनुसार भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डीआईजीमा बढुवा गरिएको हो ।

गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा केही दिन अघि बसेको बढुवा समितिले उनीहरूको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्