१८ कार्तिक २०८२, मंगलवार

नेकपा एमाले निर्वाचनबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल

कोलोराडोखबर संवाददाता , November 4th, 2025

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको बताएका छन् ।

प्रेस चौतारी नेपालमा आयोजित कार्यक्रममा नेकपा एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने बताएका हुन् । एमाले जनताको पहिलो पार्टी रहेको बताउँदै महासचिव पोखरेल जनमतबाट अलग हुने विषयको कल्पना गर्न नसकिने बताए ।

उनले वर्तमान सरकार आफैँ संवैधानिक परीक्षणबाट गुज्रिनुपर्ने अवस्था भएकाले निर्वाचनको कुरा बचपना हुने टिप्पणी गरे । महासचिव पोखरेलले निर्वाचनमा जान शान्ति सुरक्षाको अवस्था सुनिश्चित नभएको बताउँदै आम नागरिक र राजनीतिक दल निर्वाचनमा सामेल हुनसक्ने वातावरण नभएको बताए ।

जेनजी पुस्ताको आन्दोलन आकस्मिक, अस्वभाविक भूकम्प जस्तै भएको महासचिव पोखरेलको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्