३० आश्विन २०८२, बिहीबार

महरालाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

कोलोराडोखबर संवाददाता , October 16th, 2025

नेपाल । भन्सारसम्बन्धी कसुर र सङ्गठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश गरेको हो । जिल्लाको आदेशउपर महराले माथिल्लो अदालतमा निवेदन दिन पाउनुहुने छ । तत्काल प्राप्त प्रमाणका आधारमा महरा निर्दोष रहेरभएको अवस्थाको विद्यमानता नदेखिएको भन्दै अदालतले थुनामै राख्न आदेश गरेको हो ।

अदालतको आदेश अनुसार महरालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा दुई कसुर आकर्षित गर्दै जिल्ला सरकारी वकिल कार्यालयले सोमबार महराविरुद्ध मुद्दा दायर गरेको थियो ।

मङ्गलबारदेखि थुनछेक प्रक्रिया सुरु भएको थियो । महराविरुद्ध दुई कसुरमा आठ करोड ५५ लाख २८ हजार ३७४ रुपियाँ बिगो दाबी गरिएको छ ।

अनुसन्धान सकिएको डेढ वर्षसम्म महराले हाजिरी जमानतको सुविधा पाउनुभएको थियो । नयाँ सरकार गठन भएसँगै उहाँ पुनः पक्राउ पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्