-आर.सी रिजाल-
मैले उहिलेदेखि सुन्दै आएको हो– तालुखुइलेहरु विद्वान हुन्छन् भनेको। कतौहल मेट्न म जिबा जस्तो व्यक्तिले हेटौंडाको युवा कवि पौडेललाई भेट्न पुगेँ।टाढैबाट तालुचिन्डे कवि बरन्डामा बसेको र कलम धसेको देखेँ ।नगिचै पुगेर सोधेँ — के गर्दैछौ ओ भाइ ?
जवाफ– ” लँगौटी च्यातेर कुसुमे रुमाल ” शिर्षकमा कविता कोर्दैछु भने।
शिर्षक सुन्दैमा तालुचिन्डेहरु वास्तवमै विद्वान हुँदारैछ्न् झैँ ठाने र प्रश्नको झटारो हानेँ।
सवाल — ” कता लँगौटी कता रुमाल ” खैके खैके शिर्षक राखेकै मिलेन जस्तो लाग्यो।चितवनको गिरिको पनि तालुको रौं सिरिखुरी हुँदै गरेकोले तालतालका शिर्षक राखेर लेखेको देख्छु भने।
जवाफ– बिम्बभित्र प्रतीक घुसाएको कारण असाहित्यिक व्यक्तिलाई शिर्षक बुझ्न् कठिन भएको हो।अर्को कुरा सौराहाको गैंडा र हेटौंडाको कैंडालाई दाज्न मिल्दैन । गैंडाले त त्साहित्यका हरेक बिधामा कलम चलाएर पाठकको मन गलाएर हैरान पारेका छ्न्।
सवाल — थोरै हरफ कविता सुनाउन मिल्छ भनेँ।
जवाफ — ” फर्सीको जरा ” पचाइसकेको तपाइँलाई थोरै हरफले के धितमर्ला र ?
खण्ड काव्य नै वाचन गर भने पनि गर्छु भन्दै सुरु गरे —
” अँजुलिमा सुर्य बोकेर
पैतालाले आँसु झार्दै
उल्टो मस्तिष्क रमाउदै……….”
मैले बिचैमा रोक्दै — भयो भयो।यस्तो बेजोड दिलजले सिर्जनाले त पाठक फेन्टमात्र हैन रन्किन र सन्किन बेर लाउँदैन भन्दै भागेँ…।
-हेटौंडा, मकवापनुर ।
प्रतिक्रिया दिनुहोस्