-आर.सी रिजाल-
सुकेको आँपको रुखलाई टोलाएर बसेको बुढा वृक्षकुमारको मनमा कुरा खेल्छ –” भोलि छोराले यो आँपको रुख कटाउदै छ। यो रुख रोपेको पचास बर्ष भयो होला।केही बर्ष मैले मलजल गरेँ। रोपेको ८/१० बर्षपछि फल दिन सुरु गर्यो ।कयौं घाम, पानी,हुरि,बतास सहेर हुर्क्यो।फल आफुले नखाई हामि लगायत अन्य जिवलाई खुवायो। केही बर्षपछि फल्न छोड्यो र हामिलाई छहारी दिने काममात्र गर्यो।परार सालबाट पालुवा फेर्न सकेन। खङग्रङ् भयो। चराचुरुङ्गीको बासस्थानसमेत हरायो।
केहिबेरपछि उसलाई अर्कै तर्कनाले तान्छ र आफ्नो जिन्दगीलाई रुखसँग दाँज्न पुग्छ — सानोमा मैले सन्तानलाई आँपको बिरुवालाई झैँ मलजल गरेर हुर्काएँ। रुखले आफू दुषित कारवण्डाइ अक्साइड तानेर जिवित प्राणीलाई सुध्द अक्सिजन दिए झैँ मैले सुकिलोमुकिलो, मिठोपिठो खाएर सन्तानलाई असल शिक्षा र स्वस्थ खानपानको प्रबन्ध गरेँ । उनिहरु हुर्किए आआफ्नो काम गर्न लागे। ऎले सन्तान मेरो छहारिमा आनन्दित छ्न् । मेरा हातपाउले धर्म छाड्न लागे तापनि सन्तानले त्यस्तो महसुस हुन दिएका छैनन् ।तर रुखले मेरो जीवनचक्र देखाउदै छ।जुन मैले भोग्नै पर्छ।म बुझ्दैछु प्राकृति त हाम्रो गुरु रहेछन् ।
भोलि मैले भन्नसक्नुपर्छ– त्यो रुख मेरो साथी हो। त्यसका मुढाहरुले जोगाएर राख्नु जसले हामी दुबै एकैपटक खाक हुन सकौँ ।
-हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्