१७ जेष्ठ २०८२, शनिबार

नेपालमा निजामती कर्मचारीको तलब बढेन, अब महँगी भत्ता ५ हजार

कोलोराडोखबर संवाददाता , May 30th, 2025

नेपाल । सरकारले निजामती कर्मचारीको तलब नबढाउने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै स्रोतको अभावले कर्मचारीको तलब बढाउन नसकिएको बताए ।

उनले महँगी भत्ता ५ हजार रुपैयाँ पुर्याइएको बताए । अहिले राष्ट्रसेवक कर्मचारीले मासिक २ हजार रुपैयाँ महँगी भत्ता पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्