२१ फाल्गुन २०८२, बिहीबार

एमालेको केन्द्रीय कमिटी बैटक पुस २१ र २२ मा, चार अजेण्डा तय

कोलोराडोखबर संवाददाता , December 26th, 2024

नेपाल । नेकपा एमालेले पुस २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय कमिटीको आठौं बैठक बोलाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतका सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्ताव गरेर ४ वटा एजेण्डामा छलफल हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्