२१ फाल्गुन २०८२, बिहीबार

सहकारीको रकम हिनामिना गरेको आरोपमा पूर्व सांसद गुरुङ पक्राउ

कोलोराडोखबर संवाददाता , December 25th, 2024

नेपाल । सहकारीको रकम हिनामिना गरेको आरोप लागेकी गण्डकी प्रदेशकी पूर्वसांसद मिना गुरुङ पक्राउ परेकी छन् ।

सुर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोप लागेकी गुरुङलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ६३ लाई प्रतिवादी बनाएर आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्