नेपाल । शक्ति समूहकी संस्थापक २०१८ मा अमेरिकी विदेश मन्त्रालयबाट प्रदान गरिएको मानव बेचबिखन विरुद्ध लड्ने ‘टिप हिरो’ को उपाधि र फर्च्युन म्यागेजिनद्वारा ‘विश्वका ५० महान नेतृत्वकर्ताहरू’मा समावेश सुनिता दनुवारको आकस्मिक निधन भएको छ ।
मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा सोमबार निधन भएको हो । राति खाना खाएर सुतेकी दनुवार विहान ५ बजे ओछ्यानमै मृत अवस्थामा भेटिएको उनका पति नृप दनुवारले जानकारी दिए ।
विहान ५ बजे आफू उठेर पसल जानुअघि सुनितालाई उठाउन खोज्दा नबोलेपछि शरीर छाम्दा चिसो भइसकेको र अस्पताल पुर्याउँदा मृत घोषणा गरेको दनुवारले बताए । सुनिताका श्रीमान र एक छोरी छन् ।
आफै मानव बेचबिखनबाट पीडित उनी अहिले मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय थिइन् ।
२०५६ सालमा चरिमाया तामाङसहित बम्बैबाट उद्धार गरी नेपाल ल्यापछि उनीहरुकै पहलमा बेचबिखन प्रभावित महिलाहरुले स्थापना गरेको विश्वकै पहिलो मावनबेचबिखन विरुद्धको संस्था शक्ति समूह बनेको हो । पछिल्लो समय उनी सुनिता फाउण्डेशन स्थापना गरेर सोही संस्थामार्फत बेचबिखन विरुद्ध क्रियाशील थिइन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्