नेपाल । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको केन्द्रीय नेताहरूको जिम्मेवारी टुंग्याएको छ।
मंसिर २६ गतेदेखि सुरू भएको बैठकले मंगलबार सचिवालय गठनसँगै नेताहरूको कार्य विभाजनको टुंगो लगाएको हो । मंगलबार गठन गरेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष माघवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव र सचिव गरी २४ जनाको रहने छ ।
त्यस्तैगरी महासचिवको नेतृत्वमा उपमहासचिवहरू सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । साथै विभागीय प्रमुख उपप्रमुख र प्रदेश इन्चार्जको समेत टुंगो लगाएको छ ।
पार्टीको संगठन विभाग प्रमुखमा उपाध्यक्ष वेदुराम भुसाल, पार्टी अनुगमन विभाग प्रमुखमा महासचिव घनश्याम भूसाल, प्रचार विभाग प्रमुखमा प्रकाश ज्वाला, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, स्कुल विभाग प्रमुखमा झलनाथ खनाल, संघीय मामला प्रमुख जगन्नाथ खतिवडा, आर्थिक विभाग प्रमुख सोम पाण्डे, मोर्चा संगठन प्रमुख राजेन्द्र पाण्डे, अर्थ विभाग प्रमुख डा।विजय पौडेललाई तोकिएको छ ।
त्यसैगरी सो पार्टीले प्रदेश इन्चार्चहरूको समेत जिम्मेवारी टुंग्याएको छ । प्रदेश इन्चार्जहरूमा कोशीमा राजेन्द्र राई, मधेसमा धर्मनाथ प्रसाद साह, बागमतीमा डा. गंगालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा मेटमणी चौधरी, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरप्रदेशको इन्चार्जमा भानुभक्त जोशी रहनु भएको छ ।
जिल्ला इन्चार्ज, सह–इन्चार्ज र अन्य जिम्मेवारी टुंग्याएको भए पनि त्यसलाई २ दिनपछि मात्रै बाहिर ल्याउने पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्