नेपाल । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गरेका छन् ।
संसद् दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार १४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका हुन् ।
मङ्सिर २८ गते शुक्रबार बिहान पौने ७ बजे महामन्त्री शर्मासँगै ५ जना युवाले पनि हिमाल सफल आरोहण गरेका छन् ।
हिमाल आरोहणको सन्देश जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको प्रभाव, हिमालहरूमा पुर्याएको असरबारे अध्ययन गरी संसद्, सरकार र विश्वको ध्यानाकर्षण गराउनु रहेको महामन्त्री शर्माले बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्