नेपाल । साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा दुई दिनको बयान पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुधबार राति पोखरा लगिएको छ ।
राती ८ बजे जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा रवि लामिछानेको बयान सकिए पनि उनलाई खाना खुवाएर बयान प्रमाणित गरेर सरकारी वकिलको कार्यालयबाट बिदा गरी प्रहरीमा पठाउँदा राती ९ बजेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाइसकेकोले राती नै वीरगञ्ज लगिने तयारी भए पनि आइतबार हिरासतमा राख्ने म्याद थप गर्नुपर्ने भएकोले लामिछानेलाई पोखरा लगिएको हो ।
रवि कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । कास्की, रुपन्देही, काठमाडौं र चितवनपछि पर्सा पनि उनी बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्