नेपाल । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न आदेश दिएको छ ।
सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै उनी क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले उपचारको व्यवस्था गर्न बुधबार आदेश दिएको हो ।
न्यायाधीश महेश शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बुधवार यस्तो आदेश गरे पनि यो बिहीबार मात्र सार्वजनिक भएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सहरजिष्ट्रार अच्युत कुइकेलले जानकारी दिए ।
प्रसाईलाई काठमाडौँ जिल्ला अदालतबाट मंसिर ९ मा हिरासतमा राख्ने अनुमति प्रदान गर्दा निवेदक निज दुर्गा प्रसाईँ क्यान्सरको बिरामी रहेको भनी उल्लेख गरेकोले सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन दिएको हो ।
प्रधानमन्त्री बिरुद्ध अफवाह फैलाएको भन्दै प्रहरीले साइबर क्राइम अन्तरगत अनुसन्धानका लागि दुर्गालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्